Online Nepal
  • शनिबार, २० पुष २०८१
  • मन्त्री शर्माले भनिन् – चलचित्र निर्माणका सन्दर्भमा नेपाल खुला स्टुडियो हो, विश्वभर प्रचार गरौं

    मन्त्री शर्माले भनिन् – चलचित्र निर्माणका सन्दर्भमा नेपाल खुला स्टुडियो हो, विश्वभर प्रचार गरौं

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 696
    SHARES

    काठमाडौं । सूचना सञ्चार तथा मन्त्री रेखा शर्माले मुलुकलाई नेपाललाई चलचित्र छायांकन र निर्माणको हबको रुपमा विकास गरेर लैजान आवश्यक रहेको बताएकी छन् ।

    शनिबार काठमाडौंमा आयोजित चलचित्र विकास बोर्डको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपालको भौगोलिक र सांस्कृतिक अनुकूलताले सम्भव रहेको भन्दै फिल्म छायांकनको गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताइन् ।



    मन्त्री शर्माले भनिन्, ‘चलचित्र निर्माणका सन्दर्भमा नेपाल खुला स्टुडियो हो । विश्वभर प्रचारप्रसार गरौं । यसलाई अनुपम हबका रुपमा विकास गर्न सक्ने आधार निर्माण गर्न सरकारले सहयोग गर्नेछ ।’



    मन्त्री शर्माले संगठनात्मक संरचनाले चलचित्रको विकास हुन नसक्ने भन्दै यस संरचना परिमार्जन गर्न आवश्यक रहेको औँल्याईन् ।

    उनले समाज रुपान्तरणको सन्दर्भमा भएका गतिविधि र मौलिक चलचित्र निर्माणलाई राज्यको तर्फबाट प्रोत्साहन गर्ने प्रतिवद्धता समेत जनाईन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार