Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • बालिका बलात्कारको आरोपमा ६५ वर्षीय पुरूष पक्राउ

    बालिका बलात्कारको आरोपमा ६५ वर्षीय पुरूष पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 876
    SHARES

    संकेतिक तस्विर

    रुपन्देही । रुपन्देहीमा बालिका बलात्कार आरोपमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन्।

    जिल्लाको सुद्धोधन गाउँपालिकामा मानपकडीमा-१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६५ वर्षीय शिव भारती पक्राउ परेका हुन्।



    भारतीलाई शुक्रबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।



    घरआसपास खेलिरहेकी बालिका बलात्कृत भएबारे उनकी आमाले बेलुका ८ बजेमात्र थाहा पाएकी थिइन्।

    ती बालिकाले नै घटनाबारे आफ्नी आमालाई भनेकी थिइन्। त्यसपछि बालिकाकी आमाले प्रहरीलाई खबर गरेकी थिइन्।

    बेलुका ९ बजे आरोपित भारतीलाई पक्राउ गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार