Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • यी सात जिल्लाका नदीहरूमा बाढीको सम्भावना, सतर्क रहन आग्रह

    यी सात जिल्लाका नदीहरूमा बाढीको सम्भावना, सतर्क रहन आग्रह

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 846
    SHARES

    फाइल तस्विर

    काठमाडौं । वर्षासँगै देशका सानाठूला नदीहरूमा पानीको बहाव क्रमशः बढ्दो क्रममा छ । जसअनुसार आज सात जिल्ला र आसपास भएर बहने नदीहरूमा जलसतह बढ्न सक्ने आकलन गरिएको छ ।

    आज ईलाम, झापा, पाँचथर, संखुवसभा, मकवानपुर, बारा, पर्सा र आसपास भई बहने केही स(साना नदीहरुमा बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    आज बिहानको मापन अनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाब सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको छ ।



    यी नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहेपनि जलसतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार