Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक बस्दै, आर्थिक विधेयकमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ भने सो विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सो राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि प्राप्त संशोधनहरुलाई निणयार्थ प्रस्तुत गरिनेछ भने सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077