डडेल्धुरा । परराष्ट्रमन्त्री एनपी साउदले अहिलेको सत्ता गठबन्धन कसैले चाहेर पनि नभत्किने प्रस्ट पारेका छन् ।
प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री साउदले गठबन्धन नभत्किने प्रष्ट पारेका हुन् ।
परराष्ट्रमन्त्री साउदले भने, ‘नेपाली कांग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ। हामीले इतिहासबाट पाठ सिक्नुपर्छ त्यसकारण अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनै पनि सम्भावना रहेको छैन ।’
बाहिर चलेको हल्ला अनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको परराष्ट्रमन्त्री साउदले बताए ।
उनले प्रतिपक्षका मागलाई सरकारले अधिकतम सम्बोधन गर्ने प्रयास गरिरहेको बताए। सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताए।
Leave a Reply