Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कांग्रेस सहमहामन्त्री राठौरले भने – चोकमा बसेर सभापतिको विरोध गर्दैमा पार्टी रूपान्तरण हुँदैन

    कांग्रेस सहमहामन्त्री राठौरले भने – चोकमा बसेर सभापतिको विरोध गर्दैमा पार्टी रूपान्तरण हुँदैन

    अनलाइन नेपाल
  • शनिबार, १६ असार २०८०
  • 612
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टी सभापति शेरबहादुर देउवाको विरोध गर्दैमा पार्टी रुपान्तरण नहुने बताएका छन्।

    नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति दोलखाले आयोजना गरेको कार्यक्रममा बोल्दै सहमहामन्त्री राठौरले यस्तो बताएका हुन् ।



    सहमहामन्त्री राठौरले पार्टीका महामन्त्रीद्वयले सभापतिको विरोध गरेर रूपान्तरणको नारा लगाइरहेको आरोप लगाए । महामन्त्रीद्वयले बाहिर पार्टी नेतृत्वको विरोध गरे पनि केन्द्रीय समिति बैठकमा कुरा राख्न नसकेको उनको आरोप छ ।



    सहमहामन्त्री राठौरले भने,’दुई जना महामन्त्रीहरूले सभापतिलाई कम्फिडेन्समा लिएर काम गर्नुपर्ने ठाँउमा चोक चोकमा बसेर विरोध गर्दै हिड्ने काम मात्रै गर्नुभएको छ ।’

    महामन्त्रीद्वयले बाहिर पार्टी नेतृत्वको बिरोध गरेपनि केन्द्रीय समिति बैठकमा कुरा राख्न नसकेको दाबी गरे।

    नेतृत्वको आलोचना गर्नेले पार्टी बनाउन सक्नुपर्ने नेता राठौंरको भनाइ थियो । पछिल्लो समयमा नयाँ पार्टीले जनतालाई आर्कषित गरिरहेकाले नेपाली कांग्रेसले युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार