Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गृहमन्त्री श्रेष्ठद्वारा सिचुवानमा भूकम्प पुनःनिर्माण क्षेत्रको अवलोकन

    गृहमन्त्री श्रेष्ठद्वारा सिचुवानमा भूकम्प पुनःनिर्माण क्षेत्रको अवलोकन

    अनलाइन नेपाल
  • शनिबार, १६ असार २०८०
  • 993
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज भूकम्पपछि पुनःनिर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गरेका छन् ।

    सिचुवान प्रान्तमा २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो क्षति भएको थियो ।



    चीनले छोटो समयमै पुनःनिर्माण सम्पन्न गरी क्षतिग्रस्त संरचनालाई सुरक्षित राखेको छ । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरे ।



    चीनले सो संरचनालाई एकत्रित गरेर पर्यटकीयस्थलका रूपमा विकास गरेको छ । सो भूकम्पमा परी करिब ७० हजार नागरिकको ज्यान गएको थियो ।

    भूकम्पबाट क्षतिग्रस्त क्षत्रमा भएको पुनःनिर्माण तथा भूकम्पको अध्यान अवलोकन गर्नका लागि वार्षिक ३० लाख मानिस पुग्ने गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार