Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजधानीमा ठगी र आर्थिक अपराध बढे, पढेलेखेकालाई अनपढले ठग्न थाले : एसएसपी कार्की

काठमाडौं । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले देशको राजधानीमा विभिन्न प्रकारका ठगी र आर्थिक अपराध बढेका बताएका छन् ।

शुक्रबार परिसरमा आयोजित पत्रकार सम्मलेनमा एसएसपी कार्कीले काठमाडौं जस्तो देशको राजधानीमा ठगी र चेक बाउन्सको अपराध बढेको बताएका हुन् ।

उनले काठमाडौं जस्तो शिक्षितहरू बस्ने ठाउँमा पनि चेक बाउन्स र ठगीका केशहरू बढेका बताए । पछिल्लो समयमा त्यसलाई मध्यनजर गरेर अनुसन्धान अगाडि बढाएको उनको भनाई छ ।

विभिन्न बहानामा विनापैसाको चेक दिएर ठगी भइरहेको एसएसपी कार्कीले जनाए । उनले पढेलेखेका र व्यवसाय गरेका नागरिकलाई अनपढ र व्यवसाय नगर्ने व्यक्तिहरूले ठगी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077