Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित तीन जना अस्पतालमा

    ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित तीन जना अस्पतालमा

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असार २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा पक्राउ परेका मध्ये तीन जना अस्पतालमा भर्ना भएका छन् ।

    भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर शाह र पूर्व शाखा अधिकृत धर्मप्रसाद गौतम अस्पतालमा भर्ना भएका हुन् ।



    १२ असारमा पक्राउ परेलगत्तै उनीहरु स्वास्थ्य समस्या देखाएर अस्पताल भर्ना भएका थिए । सीआईबी स्रोतका अनुसार पूर्वनिर्वाचन आयुक्त शाहीले मेरुदण्ड र प्रोस्टेटको समस्या देखाएका छन् भने पूर्वशाखा अधिकृत गौतमले आफूले लगाइरहेको अक्सिजन नै झिकेर प्रहरीले पक्राउ गरेको दाबी गरेका छन् ।



    मीनबहादुरले मुटु र रक्तचापसम्बन्धी समस्या रहेको बताएका छन् । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सरकारी लिखत किर्ते गरेको आरोपमा पक्राउ गरिएका पूर्वखरिदार गोपाल कार्की मात्रै अहिले सीआईबीको हिरासतमा छन् ।

    उनीहरुले आफूहरुलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन समेत दिएका थिए। निवेदनमाथि सुनुवाइ गर्दै शुक्रबार सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

    ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाएको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले उनीहरूलाई मंगलबार पक्राउ गरेको थियो । १३ गते अदालतमा पेस गरिएकामा काठमाडौं जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार