काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनको सिचुवान प्रान्तस्थित एयरलाइन्सको अवलोकन गरेका छन् ।
मन्त्री श्रेष्ठले नेपाली प्रतिनिधिमण्डलसहित एयरलाइन्स पुगेर एयरलाइन्सको अपरेसन सेन्टरको अवलोकन गरेका हुन् ।
चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले त्यस क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको थियो।
भेटघाटमा दुई देशबीचको व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ जस्ता विषयमा सकारात्मक छलफल भएको थियो।
छेन्दुमा आयोजित ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’मा विशेष अतिथिको रूपमा सहभागी हुन उनी गत मंगलवार चीन प्रस्थान गरेका थिए । मन्त्री श्रेष्ठ शनिवार नै छेन्दु फर्किएर आइतवार बिहानको उडानमार्फत उनी स्वदेश फर्कनेछन्।
Leave a Reply