काठमाडौं । प्रहरी वृत्त बानेश्वरले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त बानेश्वरको टोलीले पूर्वसांसद समेत रहेका रौनियारलाई बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो ।
रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो ।
पूर्वसांसद रौनियार काठमाडौंमा बस्ने भएकाले पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुरोध गरिएको थियो ।
जसपाबाट निर्वाचित भएका रौनियार पुल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि निलम्बित भएका थिए।
Leave a Reply