Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हेटौंडामा बस दुर्घटना हुँदा ४९ यात्रु घाइते

हेटौंडा । हेटौंडामा यात्रुवाहक बस दुर्घटना हुँदा ४९ जना घाइते भएका छन् ।

चितवनबाट जनकपुर जाँदै गरेको ना। ६ ख ९८०४ नम्बरको बस हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा दुर्घटना भएको हो ।

दुर्घटनामा ४९ जना घाइते भएको र उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेहरुको मकवानपुर प्रहरीले उद्धार गरी हेटौंडा अस्पातल र चुरेहिल अस्पाताल पठाइएको छ ।

घाइतेमध्ये २७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बस अनियन्त्रित भएर सडबाट तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077