Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

व्यक्तिगत रुपमा कोशी प्रदेशको मुख्यमन्त्रीमा मेरो दाबी रहन्न : राजेन्द्र राई

बिराटनगर । एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी नभएको बताएका छन् ।

नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेका बेला पूर्वमुख्यमन्त्री समेत रहेका राईले यस्तो बताएका हुन् । शुक्रबार मात्र कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउन सकेनन् ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाएपछि बन्ने नयाँ सरकार कसको नेतृत्वमा बन्ने भन्ने कुराले चर्चा पाएका बेला राईले भने मुख्यमन्त्रीमा आफ्नो दाबी नभएको स्पष्ट पारेका छन् ।

संसदीय दलका नेता राईले भने, ‘केन्द्रमा समझदारी भयो भने जुनसुकै जिम्मा लिनुपर्ने भएकाले त्यसका लागि तयार छु । तर व्यक्तिगत रुपमा मुख्यमन्त्रीमा मेरो दाबी र प्रयास छैन।’

९३ सदस्यीय प्रदेशसभामा एकीकृत समाजवादीको चार सिट रहेको छ । गठबन्धन दलमध्ये २९ जना सांसद रहेको कांग्रेस र सभामुखसहित १३ सांसद रहेको माओवादीबीच सरकारको नेतृत्वका विषयमा रस्साकसी चलिरहेको छ ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद मुख्यमन्त्री कार्कीको पक्षमा छन् । कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ गरी ४६ सांसद छन् । एक सांसद मात्र रहेको जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077