Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा ७ जना घाइते

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटार नजिक माइक्रो बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुलीतर्फ गइरहेको मधेश प्रदेश ०२–००१ ज ००४२ नम्बरको माइक्रो बस शुक्रबार विपी राजमार्ग अन्तगरत सुनकोसी गाउँपालिका ५ साइटार नजिकै अनियन्त्रित भई दुर्घटना भएको हो।

घाइते हुनेमा कमलामाई नगरपालिका १ सिन्धुलीका १८ वर्षीय शोभ घिमिरे, सोही नगरपालिका वडा नम्बर २ का १९ वर्षीया सन्ध्या घिमिरे, गोलन्जोर गाउँपालिका ४ सिन्धुलीका ६५ वर्षीय तेजबहादुर बस्याल र वडा नम्बर १ का २१ वर्षीय रामधोज पाख्रिन रहेका छन्।

यस्तै विराटनगर नगरपालिका १२ मोरङका ३२ वर्षीय सत्यप्रकाश ठाकुर, गौशला नगरपालिका ४ महोत्तरीका ६१ वर्षीय पर्शुराम ठाकुर र काठमाडौं महानगरपालिका ८ का ३८ वर्षीय महेश डंगोल रहेका छन्।

सो गाडीमा सवार १० जना मध्ये सात जना घाइते भएको र उनीहरुको गोलन्जोर गाउँपालिका ७ खुर्कोट स्थित शुभजिवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077