Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई व्यवस्थित रूपमा अगाडि बढाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

    सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई व्यवस्थित रूपमा अगाडि बढाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असार २०८०
  • 705
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन्।

    शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्।



    बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘नेपालको संविधान जारी भएपछि दोस्रो पटक आयोजना भएको यो बैठकले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न र प्रदेश प्रदेशबीचको सम्बन्धलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने मेरो विश्वास छ।’



    साथै प्रधानमन्त्री प्रचण्डले सरकार आउने जाने भएपनि संक्रमणको नाममा आर्थिक, सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताए । उनले सरकार गठनको ६ महिनाको अवधिमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताउँदै दृढ इच्छाशक्ति, इमानदार प्रयास र पहलकदमीबाट जस्तासुकै चुनौतीलाई पनि अवसरमा बदल्न सकिने उल्लेख गरे ।

    उनले तीन तहका सरकारबीचको समन्वय र सहकार्य नभई सुशासन र समृद्धिको लक्ष्य पूरा हुन नसक्ने भन्दै उपलब्ध साधनस्रोतको अधिकतम परिचालन गरी ती कार्यभार पूरा गर्नेतर्फ सबैले प्रयत्न गर्नुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार