Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गृहमन्त्री श्रेष्ठ र सिचुवान विश्वविद्यालय कमिटीका महासचिवबीच भेटवार्ता

    गृहमन्त्री श्रेष्ठ र सिचुवान विश्वविद्यालय कमिटीका महासचिवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असार २०८०
  • 822
    SHARES

    छेन्दु । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान विश्वविद्यालय कमिटीका महासचिव कानबीच भेट भएको छ ।

    जनवादी चीनको भ्रमणमा रहेका मन्त्री श्रेष्ठ र महासचिव कानबीच आज शुक्रबार छेन्दुस्थित सिचुवान विश्वविद्यालयमा भेटवार्ता भएको हो ।



    सो भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको बताईएको छ ।



    उपप्रधानमन्त्री श्रेष्ठले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन विश्वविद्यालयले खेलेको भूमिकाको प्रंशसा गर्दै आगामी दिनमा विभिन्नस्तरबाट नेपाल–चीन सम्बन्धलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

    भेटमा महासचिव कानले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई नजिक ल्याउन विश्वविद्यालयले थप योगदान गर्ने विश्वास दिलाए । विश्वविद्यालयले विज्ञान, प्रविधिलगायत विधामा शिक्षा प्रदान गरेर नेपालको मानव संशाधन विकासमा सहयोग गरेको जानकारी गराए ।

    उक्त भेटमा नेपालका तर्फबाट उपप्रधानमन्त्री श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश बराल पनि सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार