काठमाडौं । राष्ट्रिय धान दिवस मनाउन खुमलटार पुगेका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल धान रोपेका छन्।
मन्त्री भुसालले धान दिवसको अवसरमा कृषि विभागको आयोजनामा राष्ट्रिय कृषि अनुसन्धान परिषद (नार्क) को कार्यालय खुमलटारमा आयोजित रोपाइँ कार्यक्रममा धान रोपेका हुन्।
धान रोपाइँ कार्यक्रममा सहभागी उनले धान रोप्न बनाइएको एक बिघा जमिनमा २० मिनेटमा रोपाइँ गर्न सकिने गाडी आफै चलाए।
यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर मनाइरहेका छन्।
दिवसका अवसरमा देशभर रोपाइँलगायतका कार्यक्रम आयोजना गरिएको छ।
Leave a Reply