Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

४० यात्रु सवार नाइट बस कपिलवस्तुमा दुर्घटना

कैलाली । बझाङबाट काठमाडौं जाँदै गरेको नाइट बस कपिलवस्तुमा दुर्घटना भएको छ ।

ना ६ ख १३३९ नम्बरको नाइट बस आज विहान ५ बजे कपिलवस्तुको शिवराज नगरपालिका-३ देउराली मोडमा दुर्घटना भएको हो । दुर्घटनामा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । बसमा ४० यात्रु सवार रहेको बुझिएको छ ।

घाइतेहरूमा चार पुरूष र दुई महिला छन् । उनीहरूको चनौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ । तीव्र गति र मोड भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सकुशल रहेका यात्रुहरूलाई अर्को बस चढाएर काठमाडौं पठाइएको छ भने दुर्घटनापछि चालक फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077