Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नारायणगढ–मुग्लिन सडकखण्ड अझै अवरुद्ध, सवारीसाधन अलपत्र

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अझै सुचारु हुन सकेको छैन । पहिरो जाने क्रम नरोकिएपछि अवरुद्ध सडक खुल्न नसकेको हो ।

प्रहरीका अनुसार सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा हिजो दिउँसो खसेको पहिरोसँगै निरन्तर ढुंगा खसेपछि पन्छाउन सकिएको छैन ।

अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन । पानी रोकिए पनि पहिरो भने खसिरहेको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो १३ः२० बजेदेखि सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै उक्त सडकखण्ड हुँदै चल्ने सवारीसाधन अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077