Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • विश्वकप छनोट : जिम्बाब्वेसँग ओमान १४ रनले पराजित

    विश्वकप छनोट : जिम्बाब्वेसँग ओमान १४ रनले पराजित

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 939
    SHARES

    काठमाडौं । आईसीसी विश्वकपको ग्लोबल छनोटअन्तर्गत सुपर सिक्समा जिम्बाब्वेसँग ओमान १४ रनले पराजित भएको छ ।

    बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको जिम्बाब्वेले सात विकेट गुमाएर तीन सय ३२ रनको योगफल तयार गरेको थियो ।



    जवाफी ब्याटिङमा उत्रिएको ओमानले ९ विकेट गुमाएर तीन सय १८ रन मात्रै बनाउन सक्यो ।



    छनोटको सुपर सिक्समा जिम्बाब्वे र ओमानसँगै वेस्ट इन्डिज, श्रीलंका, स्कटल्यान्ड र नेदरल्यान्ड छन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार