Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध

चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

बिहीवार दिउँसो इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

नारायणगढ-मुग्लिन सडकखण्डको तीन नम्बर पुल नजिक माथिबाट सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डोजरको प्रयोगगरी पहिरो पन्छाउने कार्य भइरहे पनि पहिरो खस्न नरोकिएकोले बाटो खुलाउन नसकिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077