Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्यमन्त्रीसंग सरकार चलाउने ढंग छैन, विश्वासको मत दिदैनौँ : राजेन्द्र राई

विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलको नेता राजेन्द्र राईले विश्वासको मत दिन नसकिने बताएका छन् ।

बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्री हिक्मत कार्कीले पेश गरेको प्रस्तावमाथि छलफलमा भाग लिँदै राईले यस्तो बताएका हुन् ।

राईले सरकार चलाउने योग्यता मुख्यमन्त्री कार्कीमा नहुँदा विश्वासको मत नदिने बताए। राईले भने,'सरकार चलाउने ढंग यो सरकारलाई छैन । यसकारण पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिदैनौं।'

तत्कालिन सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077