Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा सांसदले बोल्न नमानेपछि…

    मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा सांसदले बोल्न नमानेपछि…

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 1.2K
    SHARES

    विराटनगर । कोशी प्रदेशसभामा जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बुले बोल्न अस्वीकार गरेकी छन् ।

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमा सांसद लिम्बुले बोल्न अस्वीकार गरेकी हुन् ।



    मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राखेपछि सभामुख बाबुराम गौतमले जसपाको तर्फबाट सो दलकी एकमात्र प्रदेशसभा सदस्य निर्मला लिम्बुलाई बोल्ने समय दिएका थिए, तर उनले आफूले नबोल्ने बताइन् ।



    उनले बोल्न नमानेपछि सभामुख गौतमले नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राईलाई बोल्ने समय दिए ।

    जसपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र प्रतिपक्षमा पनि मतदान नगर्ने भन्दै तटस्थ बस्ने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार