Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीले गरे प्रधानमन्त्रीसँग छलफल

    उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीले गरे प्रधानमन्त्रीसँग छलफल

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 690
    SHARES

    काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

    परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको पदाधिकारीको टोलीले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको छ ।



    प्रधानमन्त्रीसँगको भेटमा नवनिर्वाचित अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको सफल कार्यान्वयनमा जोड दिँदै निर्धारित पूँजीगत खर्च समयमै हुने वातावरण बनाउन आग्रह गरेका छन् ।



    उनले बजेटले लक्ष्य राखेको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक रहेकोप्रति जोड दिए ।

    हालै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको विद्युत निर्यात तथा विद्युतीय भुक्तानी सम्बन्धी समझदारी छिटो कार्यान्वयनमा लैजानुपर्ने पनि बताए ।

    सो अवसरमा प्रधानमन्त्री दाहालले परिसंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै आर्थिक एवं औद्योगिक विकासका लागि परिसंघबाट प्रत्यक्ष रुपमा नीतिगत तथा व्यवहारिक सुझावहरु प्राप्त भईरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार