Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोला नजिक ढुंगा खस्दा सडक अवरूद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा ढुंगा खस्दा पटक पटक सडक अवरूद्ध भएको छ । मुग्लिन नजिक पहाड माथिबाट बुधबार रातिदेखि ढुंगा खस्दा खस्दा सडक अवरुद्ध भएको हो ।

बिहीबार दिउँसो १ बजेर ५ मिनेट जाँदा सडक खण्डको तुइनखोला नजिक पहाड माथिबाट ढुंगा खस्न सुरू भएपछि दुवै तर्फबाट बन्द छ ।

यसअघि ढुंगा सडकमा आएर बजारिन थालेपछि बिहानपख एक घन्टाजति बाटो अवरुद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडकमा खसेको पहिरो ठूलो नभए पनि अग्लो ठाउँबाट ढुंगा खरेका कारण हटाउन समस्या भएको बताईएको छ ।

पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन सडकमै रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077