Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • उदयशमशेर राणाको माग – माओवादी लडाकु शिविरको भ्रष्टाचार पनि छानबिन गर्नुपर्छ

    उदयशमशेर राणाको माग – माओवादी लडाकु शिविरको भ्रष्टाचार पनि छानबिन गर्नुपर्छ

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको पनि तत्काल छानबिन गर्नुपर्ने माग गरेका छन् ।

    बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राणाले यस्तो माग गरेका हुन् ।



    उनले माओवादी लडाकु शिविरमा पनि भ्रष्टाचारसम्बन्धी समस्याहरु रहेकाले त्यसको पनि छानबिन प्रक्रियालाई तत्काल अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गरे ।



    प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठका आफ्नै मान्छेहरु पनि भ्रष्टाचारमा संलग्न भएको कुरा बाहिर आएको जिकीर गर्दै उनले त्यसलाई पनि छायामा पर्न दिन नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार