Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बजेट पारितपछि ओलीले भने - हामीलाई अगाडि नै थाहा थियो, प्रक्रियामा गएका हौं

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट बुधबार प्रतिनिधिसभा बैठकबाट पारित हुन्छ भन्ने अगाडि नै थाहा भएको बताएका छन्।

संसद्‍ भवनबाट बाहिरिँदै अध्यक्ष ओलीले बजेट पारित हुन्छ भन्ने थाहा भएको तर प्रकृयामा मात्र गएको बताएका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘ बजेट पारित हुन्छ भन्ने थाहा थियो । हामी प्रक्रियामा गएका हौँ । सरकारको विश्वास ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झर्यो।’

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । बजेटको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077