Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

राष्ट्रपति पौडेललाई बुधबार डिस्चार्ज गरिएको र उनको अवस्था सामान्य रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

उनी यहि असार २ गते स्वास्थ्य उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्र्तगत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

केहिदिन यता मुटुको गति कम हुने समस्या देखिएपछि राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077