Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • पाँच दिने चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा

    पाँच दिने चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 732
    SHARES

    चीन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा पुगेका छन् ।

    छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा आज उनलाई सिचुवान जनसरकारका उपमहासचिव सिया ओफङ र यहाँस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले स्वागत गरे ।



    उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन सत्रलाई विशेष अतिथिका रुपमा सम्बोधन गर्ने र दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवान सहरको भ्रमण एवं प्रदर्शनीको अवलोकन गर्ने कार्यक्रम छ ।



    उनले शुक्रबार सिचुवान विश्वविद्यालयका नेतृत्वसँग भेटवार्ता गर्नुका साथै त्यहाँ अध्ययनरत विद्यार्थीलाई सम्बोधन मन्तव्य दिनेछन । पाँच दिने चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले शनिबार भूकम्पपछि पुनःनिर्माण भएको यिन्छियुको र जिपिङस्थित हाइड्रो जक्सनको अवलोकन गर्नेछन् ।

    सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी मङ्गलबार चीन प्रस्थान गरेका थिए । प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठलगायत सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार