Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खर्च कटौती सम्बन्धिको सबै प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकबाट खर्च कटौतीका सबै प्रस्तावहरु अस्वीकृत भएको छ ।

सभामुख घिमिरेले निर्णयार्थ पेस गरेको विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र सबै विषयगत मन्त्रालयसम्बन्धी खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।

विभिन्न मन्त्रालयमाथिको खर्च कटौती गरिओस भन्दै सांसदहरु नारायणप्रसाद आर्चाय,प्रेम सुवाल, भगवती चौधरी, दामोदर भण्डारी, लिलानाथ श्रेष्ठ, सुमना श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, बलराम अधिकारी, बसन्तकुमार नेम्वाङ ,दामोदर पौडेल वैरागी, दीपा शर्मा, गोकर्ण विष्ट, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरेलगागतले राखेको सबै प्रस्तावहरु बहुमतले अस्वीकृत भएका छन्

आजको बैठकमा डा अमरेशकुमार सिंहले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृहमन्त्रालय र उपराष्ट्रपतिको कार्यालयसम्बन्धी खर्च कटौती प्रस्ताव फिर्ता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077