Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – देशमा विकासको तुफान तुफान आइसकेको छैन, छिट्टै आउन सक्छ

    प्रधानमन्त्री प्रचण्डले भने – देशमा विकासको तुफान तुफान आइसकेको छैन, छिट्टै आउन सक्छ

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 570
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गतिमा काम हुँदै जाने हो भने विकासमा तुफान आउने बताएका छन् ।

    एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले विकासको तुफान आइसकेको जसरी बोलेको टिप्पणी गरेपछि प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले सबैले दृढ इच्छा शक्तिका साथ सुशासन र विकासका निम्ति काम गर्ने हो भने असम्भव छैन भन्न मात्र खोजेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘तुफान आइसकेको छैन । तर मलाई के लाग्छ भने अहिले जसरी काम सुरु भएको छ, त्रिदेशीय साझेदारी, १० हजार मेगावाट १० वर्षमा या अरु थुप्रै कामहरु जसरी सुरु भएका छन्, ती सबै अगाडि जाने हो भने तुफान आउन चाहिं सक्छ छिट्टै ।’

    आफूले निराशा, कुण्ठा, अविश्वास र आशंका होइन, विश्वास र दृढताका निम्ति अपील गरेको उनको भनाई छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय योजना आयोगलाई प्रभावकारी बनाउँन राजनीतिक तहमा र सरकारमा पनि नयाँ तरिकाले छलफल थालेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार