Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कर्णालीमा एमालेद्वारा संसद् अवरुद्ध, आधा घण्टाका लागि बैठक स्थगित

    कर्णालीमा एमालेद्वारा संसद् अवरुद्ध, आधा घण्टाका लागि बैठक स्थगित

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 1.1K
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशमा सदन सुरु भएलगत्तै एमालेले कार्यसूचीमै प्रवेश गर्न नदिएर सदन अवरोध गरेका छन् । आज प्रदेशसभाको १६ औँ बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल गर्ने कार्यतालिका रहेको थियो ।

    तर, एमालेले बजेट संशोधन नभएसम्म संसद चल्न नदिने चेतावनीपछि सभामुख नन्दा गुरुङले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।



    आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले गत असार १ मा संसदमा पेस गरेको बजेटमाथिको मन्त्रालयगत छलफलमा बुधबार शून्य समयमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाईले बजेट संशोधन नभएसम्म संसदको कारबाही अगाडि बढ्न नदिने चेतावनी दिएका हुन् ।



    मुख्यमन्त्री र अर्थमन्त्रीले बजेटलाई जिल्ला केन्द्रित गराएको, मन्त्रालयहरूमा डल्लो बजेट राखेको, नीति तथा कार्यक्रम विपरीत टुक्रे योजना बाँडेको, स्पष्ट हुनेगरी रातो किताब नल्याएको एमालेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार