Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • यस्तो छ प्रधानमन्त्री प्रचण्डको ६ महिने समीक्षा सम्बोधन (पूर्णपाठ)

    यस्तो छ प्रधानमन्त्री प्रचण्डको ६ महिने समीक्षा सम्बोधन (पूर्णपाठ)

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 708
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्र अब भावनात्मक आधारले मात्रै सुदृढ नहुने बताएका छन्।

    प्रतिनिधि सभामा दाहालले लोकतन्त्रको सुदृढीकरणका लागि तथ्यात्मक आधार चाहिने बताएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले ३५ अर्ब वैदेशिक लगानी र १५ हजारलाई रोजगारी सुनिश्चित भएको बताए ।प्रधानमन्त्री प्रचण्डले लगानी बोर्डबाट ९५४.३० मेगावाट विद्युत उत्पादन हुने गरी विभिन्न ६ वटा जलविद्युत परियोजनाका लागि१ खर्ब ६७ अर्ब रूपैयाँ लगानी स्वीकृत भएको बताए।



    आर्थिक सुधारकै परिणामस्वरूप कम्तीमा २० हजार थप रोजगारी सिर्जना गर्ने गरी २ खर्ब ५ अर्ब रूपैयाँ लगानीका २८४ नयाँ स्वदेशी उद्योग दर्ता भएको उनको भनाइ छ।

    उत्तरी नाकातर्फ रसुवागढी, हिल्सा, कोदारीस्थित अध्यागमन कार्यालयहरू सुचारु भएको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार