काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा प्रहरीले पक्राउ गरेका चारजनालाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ।
पक्राउ परेको दोस्रो दिन चारैजनालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको थियो।
सीआईबीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङ, तत्कालीन भक्तपुर मालपोल कार्यालयका कर्मचारी सुधीर शाह,मालपोल कार्यालयका कर्मचारी धर्मप्रसाद गौतम र मालपोतकै अर्का कर्मचारी गोपाल कार्कीलाई ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ गरेको थियो।
सीआईबीले सो प्रकरणमा ७ जनालाई पक्राउ गरेको थियो।
मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत सुरेन्द्र कपाली, तत्कालीन भूमि सुधार मन्त्रालयका उपसचिव हुपेन्द्रमणी केसी,डिल्लीबजार मालपोत कार्यालयका मालपोत अधिकृत कलाधर देउजालाई मंगलबार छोडिदिएको थियो।
Leave a Reply