Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड भन्छन् – भ्रष्टाचारविरुद्धको लडाइँ रोकिने छैन, अझै बढी जनसमर्थन चाहियो

    प्रधानमन्त्री प्रचण्ड भन्छन् – भ्रष्टाचारविरुद्धको लडाइँ रोकिने छैन, अझै बढी जनसमर्थन चाहियो

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 633
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको लडाई अझै नरोकिने बताएका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख गर्दै उनले भ्रष्टाचारलगायतका विकृतिविरुद्धको लडाई नरोकिने बताएका हुन् ।



    उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नक्कली भुटानी शरणार्थी प्रकरणमा सफलता हात पर्दै गएको उल्लेख गरे ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई अझै बढी समर्थन चाहिएको छ। यो लडाइँमा सदन र आमजनताको पनि हौसला र सहयोग मिल्नेछ। कुनै पनि मूल्यमा विकृतिविरुद्धको यो लडाइँ अघि बढाइनेछ।’

    प्रधानमन्त्री प्रचण्डले नक्कली उक्त प्रकरणमा सफलता हातपारेसँगै उच्चपदस्थहरू र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको बताए ।

    साथै आफूले सरकार सञ्चालन गरेयता सबैभन्दा ठूलो उपलब्धि जनतामा राज्य र व्यवस्थाप्रति भरोसा जगाउनु रहेको जिकिर समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार