Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरुमाथि कारवाही सुरु भइसक्यो : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरुमाथि कारवाही सुरु भइसक्यो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 837
    SHARES

    काडमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठगहरूमाथि कारवाही सुरु भइसकेको बताएका छन्।

    प्रधानमन्त्री कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नहरुको बुधबार संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले व्यवस्थाप्रति जनतामा जगाएको भरोसा नै सरकारको सबभन्दा ठूलो उपलब्धि भएको बताए । आफू प्रधानमन्त्री हुँदा जनतामा राज्य र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो, त्यसमा अहिले सुधार भएको उनले बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवासका अभियुक्तहरु पक्राउ पर्न थालेका छन् । मिटर ब्याजी र सहकारीका ठगहरुमाथि करबाही सुरु भइसकेको छ । उच्च पदस्थहरु र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने मान्यता गलत प्रमाणित हुँदै गएको छ । यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको छ ।’

    यो शुद्धीकरण यत्तिमा नरोकिने र निरन्तर अगाडि बढ्ने प्रधानमन्त्री प्रचण्डको भनाई छ । प्रधानमन्त्री प्रचण्डले वर्षौंदेखि थुप्रिएको विकृतिको डंगुर सफा गर्ने यो लडाइँमा आफूलाई संसद र आम जनताको समर्थन चाहिने बताए ।

    प्रचण्डले नक्‍कली भुटानी शरणार्थी काण्‍डको सफल अनुसन्धानबाट सरकारले कानुनको सर्वोच्चतामात्र प्रमाणित नगरी लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार