एजेन्सी । बेलारुसले लडाकु समूह वाग्नरलाई व्यवस्थापन गर्न रुस चुकेको बताएको छ ।
बेलारूसका राष्ट्रपति एलेक्जेण्डर लुकाशेन्कोले रुसले सेना र विद्रोह गर्ने भाडाको समूह वाग्नरबीच लामो समयदेखि उत्पन्न तनावलाई गलत तरिकाले व्यवस्थापन गरिएको बताएका हुन् ।
आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई झकझकाउने विद्रोह अन्त्यका लागि उनले मध्यस्थता गरेका थिए ।
वाग्नर र रूसी सेनाबीचको विवाद महिनौँसम्म चर्किरहेको थियो र भाडाका सेनाका प्रमुख येभगेनी प्रिगोजिनले असन्तुष्टि जनाउँदै आएका थिए ।
Leave a Reply