Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुप्तचरका दुई एसएसपीलाई डिआइजीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागका दुई एसएसपीलाई डिआइजीमा बढुवा गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले इन्द्रसिंह लामा र माधव तिमल्सिनालाई बढुवा गरेको हो ।

लामालाई सुदुरपश्चिम प्रदेश कार्यालय र तिमल्सिनालाई कर्णाली प्रदेश कार्यालयमा पदस्थापन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै सरकारले देशका थप ७ स्थानमा औद्योगिक ग्राम बनाउने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077