Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • ललिता निवास प्रकरण : पक्राउ पर्ने डरले देउजासहित १७ जनाले पहिल्यै लिएका थिए ‘स्टेअर्डर’

    ललिता निवास प्रकरण : पक्राउ पर्ने डरले देउजासहित १७ जनाले पहिल्यै लिएका थिए ‘स्टेअर्डर’

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 2.8K
    SHARES

    काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्ने डरले १७ प्रतिवादीले अगाडिनै पक्राउ पुर्जीविरुद्ध स्टेअडर लिएको पाइएको छ ।

    १७ प्रतिवादीहरुले पक्राउ पर्ने डरले अदालतबाट पहिले नै स्टे अर्डर लिएको खुलेको हो । सीआईबीले ललिता निवास प्रकरणमा पक्राउ गरेका सुरेन्द्रमान कपाली, कलाधार देउजा र भुपेन्द्रमान केसीसहित १७ जना रिहा भएका छन् ।



    प्रहरीले पक्राउ गरेका कलाधर देउजा, भूपेन्द्रमणि केसी र अर्का एक जनाले उच्च अदालत पाटनबाट स्टेअर्डर लिएको पाइएको हो । उनीहरूलाई बाहिरबाटै अनुसन्धान गर्नेगरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको सीआईबी स्रोतले जनाएको छ ।



    सीआईबीको टोलीले ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी,गोपाल कार्की,भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको थियो । तीमध्ये अदालतबाट स्टे अर्डर लिएकालाई भने प्रहरीले छोडेको हो ।

    ललिता निवासको १ सय ४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिना भएको निष्कर्षसहित यसअघि सीआईबीले गुरुङलगायत ३ सय ६० जनाविरुद्ध मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो । जग्गा हिनामिनामा गुरुङविरुद्ध यसअघि २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ३९ करोड २७ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार