Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • मन्त्रीहरु संसदीय समिति छलेर बाहिर रमाउन थाले : अध्यक्ष तिमिल्सिना

    मन्त्रीहरु संसदीय समिति छलेर बाहिर रमाउन थाले : अध्यक्ष तिमिल्सिना

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 816
    SHARES

    काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरु संसद् र समितिका बैठकबाट तर्किने गरेको बताएका छन् ।

    राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।



    अध्यक्ष तिमिल्सिनाले निर्देशन कार्यान्वयन गर्ने कार्यपालिका समितिको निर्देशन सुन्न नपरोस्, संसद्मा सकेसम्म जान नपरोस् भनेर तर्किने गरेका बताए ।



    अध्यक्ष तिमिल्सिनाले भन, ‘निर्देशन कार्यान्वयन गर्नेहरू अर्कोतिर तर्काएर भाग्न खोज्छन्, त्यो कुरालाई ख्याल गर्नुपर्छ । उहाँहरू सबै यतातिरको हो, हामी त गरिहाल्थ्यौँ भन्ने छ । सकभर समितिले निर्देशन नदिओस्, समितिमा सकेसम्म जानु नपरोस्, त्यहाँ गएर समितिले दिएको निर्देशन सुन्न नपरोस्, त्यो कार्यान्वयन गर्नु नपरोस्, भन्ने खालको अथवा सिङ्गो हाउसको भन्दा त्यही व्यक्ति म सांसद हुँ, म अध्यक्ष हुन्छु, यसको गरिमाको बारेमा म बोल्छु, तर मै मन्त्री, प्रधानमन्त्री भएँ भने म गर्दिन ।’

    उनले समितिले दिएका निर्देशनहरु सकेसम्म कार्यान्वयन गर्न नपरोस् भन्ने पनि प्रवृत्ति मन्त्रीहरुमा बढी हाबी हुने गरेको उल्लेख गरे ।

    उनले सांसदहरु मन्त्री बनिसकेपछि संसदीय समितिमा आउने उत्सुकता हराउँदै जाने पनि बताए ।

    संसद् र संसदीय समिति छलेर साना बाहिरी काममा रमाउने प्रवृत्ति संसदीय प्रणालीका लागि राम्रो नभएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार