काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पास गर्न आफ्ना सांसदहरूलाई ‘ह्विप’ लगाएको छ।
आज (मंगलबार नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालयले एक विज्ञप्ति जारी गर्दै बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (बार्षिक बजेट) को पक्षमा मतदान गर्नको निर्देशन जारी गरेको हो ।
आजै नेपाली कांग्रेसले पनि बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप लगाएको छ। बुधबार असार १३ गते बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा विधेयक निणयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ ।