काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेसंगै पक्राउ पर्नेको संख्या ७ पुगेको हो ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानबाट खुलेको छ । जसमा उनको समेत मिलेमतोको रहेको भन्दै शाहलाई सिआइबीले पक्राउ गरेको हो।
शाह सरकारी सेवामा रहँदा शक्तिको दुरुपयोग गरी ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने काममा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि पक्राउ परेको प्रहरीले जनाएको छ ।
यसअघि सीआईबीको टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।
ललिता निवासको ललिता निवासको १ सय ४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिना भएको निष्कर्षसहित यसअघि सीआईबीले गुरुङलगायत ३ सय ६० जनाविरुद्ध मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो ।
जग्गा हिनामिनामा गुरुङविरुद्ध यसअघि २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ३९ करोड २७ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।
Leave a Reply