Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेल अझै केही दिन अस्पतालमै रहने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अझै केही दिन अस्पतालमै रहने भएका छन् ।

राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य हुँदै गए पनि चिकित्सकको सल्लाह अनुसार अझै एक-दुई दिन अस्पतालमै राखिने भएको हो ।

राष्ट्रपति पौडेलको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार जारी छ ।

केहिदिन यता मुटुको गति कम हुने समस्या देखिएपछि राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077