Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रीय समिति बैठक असार २३ देखि, के छन् एजेण्डा ?

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति असार २३ गतेदेखि बस्ने भएको छ । बैठक काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बस्नेगरी बोलाइएको हो ।

बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब सात सय सहभागी हुनेछन्।

पार्टीका महासचिव देव गुरुङका अनुसार बैठकका लागि २ महिने अभियानको समीक्षा प्रतिवेदन तथा स्थानीय, प्रदेश र केन्द्रीय चुनावको समीक्षा प्रतिवेदन पेस गर्ने एजेन्डा तय गरिएको छ।

चार दिनसम चल्ने बैठकमा नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीबीच एकताबारे लामो समयदेखि छलफल भइरहेपनि मूर्तरुप लिन नसकेको सन्दर्भमा केन्द्रीय समिति बैठकमा यसबारे पनि छलफल हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077