काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज मंगलबार ओमन जाने भएका छन् ।
खड्का ओमनको राजधानी मस्कटमा हुने गैर आवासीय नेपाली संघको मध्यपूर्व सम्मेलनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।
त्यस्तै, श्रम तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी सम्मेलनमा सहभागी हुने भएका छन्। उनीहरू मंगलबार बेलुका ओमन प्रस्थान गर्दैछन्।
सम्मेलनमा सुरक्षित वैदेशिक रोजगारको नीति र अभ्यास, श्रमिक र उनीहरुको परिवारको स्वास्थ्य सुरक्षा, न्यायोचित भर्नाको प्रभावकारी कार्यान्वयन, शोषण र ठगीरहित वैदेशीक रोजगार लगायत विषयमा छलफल हुने जनाइएको छ ।
सम्मेलनमा ओमन, इराक, कतार, कुवेत, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) स्थित एनआरएनका अध्यक्षसहितका पदाधिकारीहरु सहभागी हुनेछन् ।
Leave a Reply