काठमाडौं । नेदरल्याण्ड्सले विश्वकप छनोटमा वेष्ट इण्डिजलाई सुपर ओभरमा पराजित गरेको छ । लोगन भान बेक नायक बन्दा दुई पटकको विश्व विजेता वेष्ट इण्डिजलाई नेदरल्याण्ड्सले पहिलो पटक पराजित गरेको हो ।
यो हारले वेष्टइण्डिजको विश्वकप लक्ष्यमा धक्का लागेको छ । सुपर सिक्समा स्थान बनाइसकेका वेष्ट इण्डिज र नेदरल्याण्ड महत्वपूर्ण २ अंकका लागि खेलेका थिए । हरारेमा टस हारेपछि फिल्डिङको निम्तो पाएको वेष्ट इण्डिजले निकोलस पुरनको शतकको मदतमा ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रन बनायो ।
नेदरल्याण्ड्सले तेजा निदामारुनको शतकको मद्धतमा ५० ओभरमा ९ विकेट गुमाएर ३७४ रन नै बनायो । त्यसपछि खेल बराबरी भयो र, सुपर ओभरबाट निर्णय लिइएको हो ।
सुपर ओभरमा पहिले ब्याटिङ गर्न आएको नेदरल्याण्ड्सका भान बेकले बाउन्ड्रीको बार्षा गर्दै ३० रन जोड्यो । उनै भान वेक बलिङमा आए र ८ रन दिएर वेष्ट इण्डिजको २ विकेट लिँदै नेदरल्याण्ड्सलाई सनसनपूर्ण जित दिलाए ।
यो जितसँगै सुपर ओभरका खेल सुरु गर्नुअघि नै नेदरल्याण्ड्ससँग २ अंक भएको छ ।
Leave a Reply