काठमाडौं । चीनमा आयोजना हुने १९ औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) का लागि नेपाल गल्फ संघले तरूण सरदेशाईलाई प्रशिक्षक नियुक्त गरेको छ ।
एसियन गेम्ससम्म टिमको प्रशिक्षकको रूपमा रहनेगरि नेपाल गल्फ संघ र तरूण सरदेसाईबीच एसियन गेम्सको प्रशिक्षणका लागि सम्झौता भएको हो ।
भारतका प्रतिष्ठित पूर्व गल्फर तरूण सरदेसाईले नै सञ्चालन गरेको बैंगलुरुस्थित तरूण सरदेसाई गल्फ एकेडेमीमा नेपाल टिमले प्रशिक्षण सुरू गरिसकेको छ ।
नेपालका व्यावसायिक गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फरहरू सुवास तामाङ, सदभाव आचार्य र युवराज भुजेल तथा महिलातर्फ कश्मिरा शाह र सुष्मा सिग्देलले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
Leave a Reply