Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूतबीच भेट

    प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूतबीच भेट

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 606
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत छन् सोङबीच भेट भएको छ ।

    सोमबार बिहान साढे ९ बजे उनीहरूबीच बालुवाटारमा भेटवार्ता भएको हो ।उनीहरूबीच करिब एक घन्टा छलफल भएको थियो ।



    उनीहरूबीच बिआरआई परियोजना र हालै पोखरामा सम्पन्न ड्रायगन फेस्टिभलका विषयमा छलफल भएको थियो।



    राजदूत छन् सोङले पछिल्लो समय नेपालमा गइरहेको बाढी पहिरोको विषयमा प्रधानमन्त्रीसँग जानकारी लिएका थिए।

    उनले सम्भावित प्राकृति विपत्तिमा चीन सधैं साथ रहने प्रतिवद्धता जनाएका थिए। भेटवार्तामा प्रधानमन्त्री दाहालको चीन भ्रमणका विषयमा पनि छलफल भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार