काठमाडौं । हिमालय एयरलाइन्सले यही साताबाट काठमाडौं र बेइजिङबीचको नियमित उडान सुरु गरेको छ ।
नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायुसेवा हिमालय एयरलाइन्सले गत शनिबारदेखि उडान सञ्चालनमा आएको जनाएको छ ।
कोभिडले रोकिएको यो रूटको उडान नियमित थालेसँगै नेपालको पर्यटन र व्यापारमा टेवा पुग्ने एयरलाइन्सको विश्वास रहेको छ ।
चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले दुई राष्ट्रबीच बढ्दो मित्रता र सहयोगको प्रतिनिधित्व गर्दै हिमालय एयरलाइन्सको पहिलो उडानबाट बेइजिङको यात्रा गरेका थिए।
यात्रुहरूले हिमालय एयरलाइन्सको टिकटिङ काउन्टरबाट काठमाडौं–बेइजिङ–काठमाडौं उडानको टिकट बुकिङ गर्न सक्नेछन्।
Leave a Reply