Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • संघीय निजामती सेवा ऐनको मस्यौदा संसदमा छिट्टै पेश हुन्छ : मन्त्री मोदी

    संघीय निजामती सेवा ऐनको मस्यौदा संसदमा छिट्टै पेश हुन्छ : मन्त्री मोदी

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 984
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिट्टै अघि बढ्ने बताएका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।



    मन्त्री मोदीले सरकारमा सत्तारुढ दलहरू फेरबदल भएका कारण सो ऐनको मस्यौदा संसदमा पेश गर्ने काममा ढिलाइ हुन गएको बताए । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरूको सहकार्यमा बनेको समीकरण परिवर्तन भई काँग्रेस, माओवादीसहितको समीकरण बनेकाले सो ऐनको मस्यौदा संसदमा पेश गर्ने काममा ढिलाइ हुन गएको उनको भनाई थियो ।



    मन्त्री मोदीले सो ऐनको मस्यौदा तयार पार्न सम्बद्ध सबै पक्षको सुझाव लिइएको भएतापनि ऐनको मस्यौदामा देखिएको केहि समस्या पनि चाँडै बस्न लागेको प्रधानमन्त्रीसहितका उच्चस्तरीय छलफलबाट टुङ्गो लाग्ने योजना रहेको जानकारी गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार